एजेन्सी : विदा मनाउनको लागि गोवा पुगेकी बलिउड अभिनेत्री जरीन खानको गए राति कार दुर्घटना भएको छ। दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ भने उनी घाइते भएकी छिन्। उनलाई पणजीको एक अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना गोवाको मापूसा क्षेत्रमा भएको हो।

घटना बुधबार राती ६ बजेर २० मिनेटको समयमा भएको खबर छ। बेलुका उनी कार लिएर घुम्न जाँदै गर्दा एक स्कुटरसँग उनको कार ठोक्किएको हो । कार निकै तीब्र गतिमा भएको बताइएको छ।
ठक्कर लाग्नासाथ स्कुटरमा सवार ३० वर्षका नितेश गोरलको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनाका बेला नितेशले हेल्मेट नलगाएको बताइएको छ । गोवा पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।