जिप दुर्घटनामा तीन जनाको मृत्यु ,पाँच घाइते

admin

बेझाड, पाल्पा, २७ मङ्सिर : जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घट्नास्थलमा रहनुभएका पुर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो ।

मृतकको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य केही यात्रु भीरमा अड्केको हुन सक्ने भन्दै प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेका छन् ।
-रासस

प्रतिक्रिया