नेपालमा नयाँ भारतीय नोटमाथि पनि लगाइयो प्रतिबन्ध !

मनिषा थापा

नेपालमा तीन प्रकारका भारतीय नोटमा प्रतिबन्ध लागेको छ । नेपालमा २००, ५०० र २००० दरका भारतीय नोट नचल्ने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यस संगै नेपालमा १०० भन्दा माथिका कुनै पनि भारतीय नोट नचल्ने भएका हुन्  । 

बिहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाउने निर्णय भएकोले यी नोट प्रयोग नगर्न आग्रह गरेका हुन् । 

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै  १८ महिना अगाडी २ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो । हाल १ हजारको नोट भने भारतमा प्रचलनमा छैन । 

प्रतिक्रिया