जेसिज भवन निर्माण

admin

भद्रपुर, १ पुस : भद्रपुर जेसिजले रु २२ लाखमा निर्माण गरेको स्व विनेश स्मृति जेसिज भवनको शनिबार उद्घाटन भएको छ । भद्रपुर–८ मा रहेको सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १० लाख, भद्रपुर नगरपालिका र पूर्व्जेसिज अध्यक्षहरुसहितका दाताबाट प्राप्त रु २२ लाख १३ हजार ६४८ कोे लागतमा भवन निर्माण गरिएको हो ।

जेसी आई सिनेटर राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले एकतले हलसहितको सो भवनको उद्घाटन गर्नुभयो । उक्त भवन एक हजार ३८० वर्ग फिटमा फैलिएको छ ।
-रासस

प्रतिक्रिया