इलाममा पुस २० मा लगानी सम्मेलन हुने

admin

मङ्गलवारे, १ पुस : इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो ।

लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र इलामे नागरिकका तर्पmबाट उहाँलाई सम्मान तथा नागरिक अभिनन्दन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योगको प्रवद्र्धनका लागि लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलनमा लगानीकर्ताहरू, उद्योगपति, जिल्लास्थित उद्यमीहरूलाई निमन्त्रणा गरिने जनाइएको छ । लगानी आकर्षण गर्नका लागि नगरपालिकाले लगानी प्रवद्र्धन नीति र घरेलु उद्योग प्रवद्र्धन नीति बनाउने निर्णय गरेको छ ।
-रासस

प्रतिक्रिया