काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य अझै यथावत नै रहेको छ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो आजपनि ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार भने चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने आज भने घटेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।