छोरीका कारण आफ्नो करिअर बिग्रन सक्ने भन्दै यी महिलाले गरिन जन्मिनेबित्तिकै छोरीको हत्या

रिता घिसिंग

एजेन्सी : इङल्याण्डको एक अस्पतालमा एक महिला आफ्नो ५ महिनाको गर्भ खेर गएको भन्दै अस्पताल पुगिन् । नर्सले उनको जाँच गर्दा निकै डरलाग्दो वास्तविकता थाहा पाएपछि तत्कालै प्रहरी बोलाइन् । खासमा ती महिलाले आफ्नी नवजात छोरीको जन्मिनेबित्तिकै कैंचीले हत्या गरेकी थिइन् । यसबारे उनले आफ्ना ब्वाइफ्रेण्डलाई पनि बताएकी थिइनन् । ती महिलाले छोरीका कारण आफ्नो करिअर बिग्रन सक्ने भन्दै यस्तो गरेकी थिइन् । वास्तविकता तब खुल्यो जब उनी दुई दिनपछि अस्पताल पुगिन् र आफ्नो गर्भको बारेमा झुटो कहानी सुनाइन् ।

इङल्याण्डको बर्नले शहरकी २६ वर्षकी रशेल टन्स्टील आफ्नो गर्भपतन भएको भन्दै अस्पताल पुगेकी थिइन् । मनोविज्ञानमा डिग्री र फरेन्सिक साइन्समा मास्टर्ससम्म पढेकी रशेलले छोरी जन्मिनासाथ आफ्नो फ्ल्याटको बाथरुममा उनको हत्या गरेकी थिइन् । उनले यसका लागि ब्वाइफ्रेण्ड रेयाल केलीसँग कैंची मगाएकी थिइन् । छोरीको हत्या गरेपछि पोलिथिन झोलामा प्याक गरेर डस्टबिनमा फालिन् । महिलाले यसबारे ब्वाइफ्रेण्ड रेयानलाई पनि केही भनेकी थिइनन् ।

बाथरुमबाट आएपछि उनले ब्वाइफ्रेण्डलाई आफ्नो गर्भपतन भएको बताएकी थिइन् । पुलिसको सोधपुछमा रशेलले भनिन् कि त्यतिबेला रेयान भिडियो गेम खेलिरहेका थिए । उनलाई थाहा पनि भएन कि उनकी गर्लफ्रेण्डले बाथरुममा बच्चा जन्माइरहेकी छिन् । रशेलले करिब ३७ हप्ताको गर्भपछि स्वस्थ छोरी जन्माएकी थिइन् । छोरीको हत्या गरेको २ दिनपछि उनी बर्नले शहरको जनरल हस्पिटल गएकी थिइन् । उनलाई लागिरहेको थियो कि उनको बच्चाको सबै अवशेष र गर्भनालसमेत सबै राम्रोसँग बाहिर निस्किसकेको छैन । त्यसपछि त्यहाँ गएर उनले नर्सलाई भनिन् कि आफ्नो ५ महिनाको गर्भ थियो र अविकसित मरिसकेको बच्चा जन्मियो ।

महिलाले यो पनि भनिन् कि बच्चा नीलो भइसकेको थियो र उनको नाडी पनि बन्द थियो । त्यसपछि मैले उसलाई प्लास्टिकमा पोको पारेर फालिदिएँ । त्यसपछि जब नर्सले महिलासँग केही प्रश्न सोधिन् उनी जवाफ दिने क्रममा अल्झिइन् । महिला जवाफ दिने क्रममा पटक पटक अल्झिएपछि नर्सलाई शंका लाग्यो र उनले पुलिसलाई फोन गरिन् । पुलिसको अनुसन्धानमा खुल्यो कि उनले स्वस्थ छोरी जन्माएर हत्या गरेकी थिइन् । अदालतले महिलालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

प्रतिक्रिया