त्रिभुवन विमानस्थलबाट चरेशसहित एक पक्राउ

शर्मिला गुरुङ

काठमाडौँ, १ पुस : प्रहरीले तीन किलो चरेशसहित आज विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । रासस

प्रतिक्रिया