पार्टी ‘एजेण्डा’मा जनमत बढ्दै छ : अध्यक्ष थापा

शर्मिला गुरुङ

कैलाली, १ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कार्यसमितीले आज धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका संवाहकको असफलताले हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रप्रति जनताको आकर्षण बढेको बताउनुभयो । उहाँले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त घटना प्रकरण चार महीना बितिसक्दा सक्दा पनि अहिलेसम्म अपराधीलाई कानूनी कठघरामा ल्याउन नसक्नु सरकारको कमजोरी भएको आरोप लगाउनुभयो ।

दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सो पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक श्यामबहादुर शाहीले पार्टीको एजेण्डाका कारण चुनावमा पराजय हुन परेको नभई सङ्गठन कमजोर भएकाले हार बेहोर्नुपरेको बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू