पिएनपिखबर : दिपिका पादुकोण र रणवीर सिंहले गएको १४ र १५ नोभेम्बरमा विवाह गरेका थिए। विवाहपछि दुबैले एक पछि अर्को गर्दै कयौ रिसेप्शन दिएका थिए। रणवीर सिंहको फिल्म सिन्बा जहाँ यस महिना रिलिज हुने वाला छ भने दिपिकालाई अहिले कुनै प्रोजेक्ट हातमा लिएका छैनन्।

दीपिका पादुकोणको सामजिक जीवनको कुरा गर्नुपर्दा इंस्टाग्राममा बढी सक्रिय रहन्छन। आफ्नो फ्यानको लागि केहि न केहि पोस्ट गरिरहेकी हुन्छिन। दीपिकाको हरेक लुक फ्यानले मन पराएका हुन्छन तर यस पटक भने उनको लुक्स दर्शकले खासै रुचाएनन्।
दीपिकाको पछिल्लो लुकको कारण सोशल मीडियामा ट्रोल बनेको छ। एक यूजरले कम्नेट गर्दै भने, ‘मानिसको जस्तो कपडा लगाउने गर दिपिका.. रणवीरसँग बसेर तीमी पनि त्यस्तै बन्दै गईरहेकी छौ।’

दीपिकाले स्टार स्क्रीन अवॉर्ड्सको लागि कालो रङको ड्रेस लगाउनु थियो। तर फ्यानलाई उनको स्टाइल मन परेन र उनको तुलना लेडी ब्याडमिन्टन संग गर्दिए। एक अर्का फ्यानले लेखे , ‘दिपिका पिल्ज आफ्नो स्टाइललाई बदल।

कसैले भने, ‘पुरानो बंगला जस्तो फिल्मको सिक्वल मिल्यो हो ? त्यसै अर्का युजरले लेखे, ‘मलाई तीमी देखेर रुन आयो… आफ्नो स्टाइल र फ्यासनको कारण फ्यानको मनमा बस्न सफल दिपिका यस पटक फ्यानलाई खुशी पार्न सकिनन्।