प्रधानसेनापतिद्धारा कालीबहादुर गणको स्थलगत निरीक्षण

शर्मिला गुरुङ

काठमाडौँ, २ पुस : प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित कालीबहादुर गणको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले त्यहाँको बस्तु स्थिति, तालीम, बन्दोस्तीलगायत विविध पक्षबारे जानकारी लिनुभयो ।

उत्तरपश्चिम पृतना मुख्यालय र मध्यपश्चिम पृतना मुख्यालय अन्तर्गतका विभिन्न युनिटको निरीक्षण गरी उहाँ यही पुस ५ गते काठमाडौ फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया