विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध

शर्मिला गुरुङ

भीमदत्तनगर, २ पुस : विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा कञ्चनपुरमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

यहाँको बेदकोट नगरपालिका–७ लालपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनमा कार्यरत सुरक्षागार्ड भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको आइतबार बिहान ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भएको थियो ।

दुई दिनदेखि पूर्व–पश्चिम राजमार्गको लालपुरमा यातायातसमेत अवरुद्ध भएको छ । घटनाको यथार्थ छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले सब–स्टेशनमा तोडफोड गरेका छन् । अवरोधका कारण शव ट्रान्सफर्मरमै अड्केकोे छ ।

जिल्ला प्रशासन कार्यालयमा शव उठाउन र अवरोध हटाउन सहमतिको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही कारण कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन हुन सकेका छैनन् । पीडित पक्षले मृतकका परिवारलाई रोजगारी र क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि सारेका छन् । रासस

प्रतिक्रिया