नेपालगञ्ज, २ पुस : शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज उपमहानगरपालिका र बाँके जिल्लालाई देशकै नमूना बनाउने अभियानमा आफू रहेको बताउनुभएको छ ।

नेपालगञ्ज–१३ उदयपुरस्थित स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले एक वर्षभित्रै नेपालगञ्ज र बाँके जिल्लाले विकासमा फड्को मार्ने बताउनुभयो ।
“वर्तमान सरकारले मुलुकको विकास र नागरिकको समृद्धि चाहेको छ, काम गर्ने क्रममा सरकारका सदस्यबाट स—साना गल्ती हुन सक्छन्, त्यसैलाई अखाडा बनाएर राजनीतिक खिचातानी गर्नु हँुदैन,” उहाँले भन्नुभयो ।
मन्त्री राईले आजै बाँकेको बेतहनीस्थित स्वास्थ्य चौकी भवनको समेत उद्घाटन गर्नुभयो । रासस