विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

कृष्ण रोकाया

काठमाडौँ, ३ पुस ; राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ ।

विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको समितिका सभापति पशुराम मेघी गुरुङले जानकारी दिनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा भूमि प्रशासनसम्बन्धी उपसमिति, सांसद बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा शिक्षासम्बन्धी उपसमिति, वृशेषचन्द्र लालको संयोजकत्वमा यातायातसम्बन्धी उपसमिति र सांसद शेरबहादुर कुँवरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण उपसमिति रहेको छ । रासस

प्रतिक्रिया