समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

admin

काठमाडौँ, ३ पुस: राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राज्यको तहगत संरचनाको समन्वय गर्ने सन्दर्भमा सातै प्रदेशमा निकट भविष्यमै छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कानून निर्माणलगायत कतिपय विषयमा समन्वयका विषयमा प्रश्न उठाइरहेको बेला समितिको आजको बैठकले विज्ञसहितको सहभागितामा सातै प्रदेशमा छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको सभापति दीलकुमारी रावलले जानकारी दिनुभयो ।

समितिका पदाधिकारीले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रियमा विमानस्थल निर्माणका सम्बन्धमा उठेका प्रश्न र निर्माण प्रगतिका सम्बन्धमा स्थानीयवासीसँग गरेको छलफलसम्बन्धी प्रतिवेदन बुधबार सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

समितिका पदाधिकारीले केही दिनअघि उक्त विमानस्थलको स्थलगत निरीक्षण गर्नुभएको थियो । विमानस्थल निर्माणका सम्बन्धमा वातावरण र रूख कटानका विषय जोडेर विभिन्न टीकाटिप्पणी हँुदै आएको छ ।
-रासस

प्रतिक्रिया