फिल्म ‘जीरो’ रिलीज हुनु अगाडि शाहरुख खान किन डराए ?

मनिषा थापा

एजेन्सी : शाहरुख खानको फिल्म ‘जीरो’ २१ डिसेम्बरमा रिलीज हुँदैछ। फिल्मको ट्रेलर २ नोभेम्बरमा शाहरुख खानको जन्म दिनमा रिलीज गरिएको थियो। फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएपनि किङ खान आफ्नो फिल्मलाई लिएर निकै डराएका छन्।

एक पत्रिकालाई दिएको अन्तर्वातामा शाहरुख खानले फिल्म जीरोसँग सम्बन्धित एक प्रश्नको उत्तरमा भनेका छन्–म यो परिवर्तन गर्न सक्दिन, यदि मैले केही गर्न सक्दिन भने त्यस विषयमा किन सोचौं? यदि मानिसहरुलाई जीरो मेरालागि धेरै आवश्यक छ भन्ने लाग्छ भने त्यो उहाँहरुको सोच हो। यदि फिल्म चलेन भने पनि के हन्छ? ६–१० महिनासम्म मैले काम पाउँदिन। तर मैले राम्रो काम गरेको छु भने काम नपाउने प्रश्नै उठ्दैन।’

जीरोको ट्रेलरपछि सबै दर्शकले यो फिल्मबाट धेरै अपेक्षा गरेका छन्। यद्यपी केही समय पहिला ठूला कलाकारका फिल्म जसरी फ्लप भए, त्यो हिसावले हेर्दा शाहरुख खानको डरलाई जायजै मान्नुपर्छ। विगत केही समयलाई हेर्ने हो भने दर्शक मात्र स्टारडम भरमा आउने फिल्म भन्दा पनि राम्रो स्क्रिप्ट र आम मानिससँग जोडिएका कथा बस्तुलाई दर्शकले धेरै मन पराउन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू