छोरा भन्दा ४ वर्ष कान्छा युवकसँग बिहे गरिन् ७१ वर्षे यि वृद्धाले

मनिषा थापा

एजेन्सी : टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले आफ्ना छोराभन्दा ४ वर्ष कान्छा १७ वर्षीय गेरी हार्डविचसँग विवाह गरेकी छिन् । ३ हप्तादेखिको प्रेम रोमान्सलाई विबाहमा परिणत गर्दै यो जोडीले सँगै मर्ने सँगै बाँच्ने कसम खाएको हो । यी दुबैको भेट एक अन्त्येष्टि कार्यक्रममा भएको थियो ।

वास्तवमा यि दुईको विचार एक अर्कासँग मिल्न पुगेका कारण यस्तो अमिल्दो उमेर समुह भएपनि उनीहरु वैबाहिक बन्धनमा बाँधीएका हुन् ।

७१ वर्षीया अल्मेडा ४३ वर्षको हुँदा श्रीमानको मृत्यु भएपछि नै एक युवकको खोजी गरीरहेको र त्यो सपना अहिले आएर पुरा भएको बताएकी छिन् ।

त्यस्तै १७ वर्षे गेरीको एउटै सपना थियो जिवनमा मन मिल्ने र पाको आइमाईसँग बिहे गर्ने । दुवैले खोजेजस्ता साथी भेटेसँगै दुवैको सपना पुरा भएको छ ।

प्रतिक्रिया