डिसेम्बर २९ देखि प्रशारण हुँदै ‘द कपिल शर्मा शो’, पाहुना बनेर आँउदै करिनाकी सौतेनी छोरी सारा र रणवीर सिंह (टिजरसहित)

मनिषा थापा

एजेन्सी : कपिल शर्माका फ्यानहरुको लागि खुसिको खबर छ। लामो समयदेखि दर्शकबाट हराए जस्तै भएका कपिलले फेरी आफ्नो शो लिएर आँउने भएका छन् ।

दर्शकलाई हँसाएरै आफनो फ्यान बनाएका कमेडि किङ कपिल शर्माको बन्द भएपछि प्रसारण हुन सकेको थिएन् । शो आउँदो डिसेम्बर २९ तारिखदेखि पुनः प्रशारण हुन लागेको हो।

शो प्रसारणमा आँउने भएपछि उनका फ्यानहरु खुसी भएका छन् ।भारतको टिभी च्यानल सोनी टिभीले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमा कपिलको शोको टिजर पोष्ट समेत गरेको छ।३० सेकेण्डको उक्त टिजरमा बलिउड नायक रणवीर सिंह र नायिका सारा अलि खान र निर्देशक रोहि शेट्टीलाई देखाइएको छ। कपिलले केहीदिन अघि मात्र प्रेमीका गिन्नीसँग बिहे गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू