अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुँदै

admin

काठमाडौँ, ४ पुस : नेपाल खेलकूद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपाल, जापान र भूटानका गरी २९६ खेलाडीको सहभागिता रहने आयोजक राष्ट्रिय जुडो सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष तथा महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सोही अवसरमा पारा राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दोस्रो राष्ट्रिय पारा जुडो प्रतियोगिता बिहीबार हुने बताइएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । बिहीबारै जुडो सङ्घको आयोजनामा दोस्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि हुँदैछ । आठ स्पर्धामा ५० प्रतिस्पर्धी सहभागी हुनेछन् ।
-रासस

प्रतिक्रिया