बलिउडकी चर्चित गायिका नेहा कक्ड र हिमांसको ब्रेकअप, इण्डियन आइडलको सेटमै सम्झेर यसरी रोईन

मनिषा थापा

बलिउडकी चर्चित गायिका नेहा कक्ड र हिमांस बिचको ब्रेकअपले निकै चर्चा पाएको छ । पछिल्लो केही दिनअघि प्रेमीसँग नेहाको ब्रेकअप भएको हो । 

जब यी दुईको चार वर्ष लामो सम्बन्ध टुट्यो, नेहाको पीडा सबैको अगाडी छचल्किएको छ । केही दिनअघि इण्डियन आइडलको सेटमा एक कन्टेस्टेन्टको गीत सुनेर नेहा रुन थालिन् । उनी ब्रेकअपको कारणले निकै दुःखी देखिरहेकी थिइन् । त्यसपछि उनले सामाजिक सञ्जालमा लामा लामा पोस्टहरु लेखेर आफ्नो पीडा व्यक्त गरेकी छिन् ।

यससँगै हिमांशबारे नेहाले एउटा अचम्मको खुलासा गरेकी छिन् ।

ब्रेकअपको खबरपछि एउटा वेभ पोर्टलले जब त्यसको वास्तविकता थाहा पाउन चाह्यो तब नेहाले हिंमाशलाई आफूले नचिन्ने बताइन् । यसले नेहा धेरै दिनदेखि निकै चिन्नित छिन् भने स्पष्ट देखाउँछ।

नेहा र हिमांशले कहिल्यै पनि आधिकारिक रुपमा आफ्नो सम्बन्ध स्वीकार गरेका थिएनन् यद्यपि, नेहाले अहिले आफूहरुबीच ब्रेकअप भएको स्पष्ट बताएकी छिन् । यी दुईले एकअर्कोलाई सामाजिक सञ्जालमा अनफल्लो पनि गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू