मान्छेको अगाडी हिरो बन्न घरको छतबाट १८ लाख उडाईदिएपछि (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : होन्ग कोन्गमा २४ बर्षिय युबकले गरिबीहरुलाई मद्दत गर्न र मानिसहरुको अगाडी हिरो बन्ने लक्ष्यले २० हजार पाउण्ड (करिब १८ लाख) को नोट हावामा उडाईदिएका छन्। यस घटनापछि प्रहरीले पैसा उडाउने वोंग चिंग-किटलाई पक्राउ गरेका छन्। आरोपी युबक करोडपति हुन्। पैसा उडाउनु अघि वोंगले फेसबुकमा लाइभ पनि दिएका थिए।

वोंगले केहि दिन अघि सपनामा पैसा उडाएर गरिबहरुको हिरो बनेको सपना देखेको थियो। त्यसैले उनले आफ्नो घरको छतबाट नोट उडाएको हो। पैसा एक्कासी आकाशबाट उडेर आएपछि मानिसहरु नोट उठाउन होड बाजी गर्दै थिए। जसकारण ३५ मिनेटसम्म ट्राफिक जाम भएको थियो। हावा उडिरहेको पैसा उठाउन मानिसहरु पसलमाथि चढ्न थालेका थिए त केहि व्यक्तिहरु भने भिडियो खिच्दै थिए।

युबक भन्छन ‘म पहिला बिटकॉइनको मद्दतले धनिहरुको पैसा ठग्छु अनि पछि गरिबहरुलाई नोट उडाएर मद्दत गर्छु।’ प्रहरीले भने युबकले कति नोट उडाए भन्ने जानकारी दिएको छैन।

प्रतिक्रिया