९ बर्षिय बालकको तौल २०० केजी

रिता घिसिंग

एजेन्सी : इन्डोनेसियाको पश्चिमी जाभाका आर्य परमानालाई संसारकै मोटो बच्चा भनिएको थियो । खासमा ९ वर्षको उमेरमा आर्यको तौल २०० केजीसम्म पुगेको थियो । यो बच्चा जन्मदा स्वस्थ थियो ।

अचानक दुई वर्षको उमेरमा गुब्बारा जस्तै फुल्न थाल्यो । घरका मानिसहरुलाई हैरान भयो । उनीहरुलाई थाहा भएन के भएको हो । उसको आहारा पनि बढेको थियो । उसले पुरै परिवारलाई बनाएको खाना एक्लै खान्थ्यो ।

हालै एक्सपट्र्सको टीमले उसको भोजनमा कटौती गरेर उसको तौल आधा गर्न सहयोग गरेको छ ।

आर्यका अभिभावकले जन्मदा स्वस्थ जन्मेको बताए । उसकी आमालाई गर्भवती हुँदा कुनै समस्या थिएन र ३.२ केजीको बच्चा जन्मिएको थियो । दुई वर्षसम्म आर्यमा कुनै अनौठो परिवर्तन देखिएन । तर, त्यसपछि उसको तौल बढ्न थाल्यो । केही समयपछि उ आफ्नो दाई भन्दा पनि मोटो हुन थाल्यो । स्थिति काबुभन्दा बाहिर गइसकेको थियो । आर्यको साइजका कपडा पनि पाउन छोडिसके । त्यसपछि उ नसिलाएको कपडामा लटपटिन थाल्यो ।

आर्यकी आमाले यदि उ सुतेमा उठ्न नसकिने गरेको बताइन । उसको हिँडडुल पनि बन्द भइसकेको थियो । किनकी उसले आफ्नो शीरको तौल सम्हाल्न नसक्ने भइसकेको थियो । यसै कारण उसले विद्यालय पनि छोड्नु पर्यो । उ खान्थ्यो र सुत्थ्यो मात्र ।

आर्यका आमाबाबु चिन्तामा परे । आफ्नो नजिकका सबै डाक्टरहरुलाई देखाए । तर, कुनै सहयोग भएन।

सहरमा ठूला डाक्टरहरुलाई देखाउन सल्लाह पाए । तर, सामान्य किसान उनीसँग उपचारका लागि पैसा थिएन । आर्यको खानाका लागि पनि छिमेकीसँग ऋण माग्नुपर्ने भएको थियो ।

एक एनजीओको सहयोगमा उसको उपचार शुरु भयो । डाक्टरहरुले सबैभन्दा पहिला उसको रोगको कारण थाहा पाउन जाँच गरे । जब सटिक कारण पत्ता लागेन, डाक्टरहरुले सर्जरी गर्ने निर्णय गरे । सर्जरी गरेर उसको १९ केजी तौल कम गरियो । तर, यो उसका लागि कुनै प्रभावी थिएन । उसको शरीर खतरनाक हिसाबले बढिरहेको थियो ।

पछि एक डाईटीशियनले उसको खानाको डाइट चार्ट बनाए र उसमा शख्खयुत्त, सबै खाना हटाए र दुई जना फिटनेस एक्सपर्टले उसलाई एक्सरसाइज गराए र दैनिक ५ किलोमीटर हिँडाए । हेर्दा हेर्दै उसको तौल घट्न थाल्यो ।

दुई वर्षमा उसको तौल ९८ केजीको आसपास भयो ।

आर्य जब हिँडडुल गर्न सक्दैनथ्यो, उ बसेर आफ्नो मनपर्ने टीम लिभरपुलको खेल हेथ्र्यो । ठिक भएपछि उसले भन्यो उ पनि फुबलर बन्छु ।

प्रतिक्रिया