एसिड पीडितको भूमिकामा देखा पर्दै दीपिका

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री दीपिकाले प्रोड्यूसरका रुपमा डेब्यू फिल्म एसिड अट्याक झेलेकी लक्ष्मी अग्रवालको भूमिका गर्दै छिन् ।यो फिल्मको निर्देशन मेघना गुलजारले गर्ने बताइएको छ । अब यो फिल्मको टाइटल पनि निश्चित गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेर फिल्मको नाम पनि सार्वजनिक गरेका हुन् । उनका अनुसार दीपिकाको डेब्यु निर्माण फिल्मको नाम ‘छपाक’ राखिएको छ ।

लक्ष्मीको कथामा दीपिकालाई यो फिल्मको प्रोड्यूसर बन्न अफर गरिएको थियो । लक्ष्मी १५ वर्षकी थिइन् जतिबेला उनीमाथि एक ३२ वर्षीय युवकले एकतर्फी प्रेमका कारण एसिड आक्रमण गरेको थियो । हाल लक्ष्मी एक एनजीओको डाइरेक्टर छिन्, जसले एसिड आक्रमणको शिकार भएकाहरुको मद्दत गर्छ ।

दीपिकालाई पछिल्लो पटक संवय लीला भंसालीको फिल्म पद्मावतमा देखिएको थियो । जसमा उनी रानी पद्मावतीको भूमिका थिइन् । अब उनी लक्ष्मीको भूमिकामा कस्तो देखिन्छन् हेर्न रहस्यको विषय बनेको छ । रणवीर सिंहसँग बिहेपछि यो उनको पहिलो फिल्म हुनेछ ।

यो फिल्मका दीपिकाको अपोजिटमा बालिका बधुबाट चर्चित भएका विक्रान्त मेसी देखिनेछन् । फिल्मको टाइटलका लागि निर्देशक मेघनाले दुई नाम सोचेकी थिइन्, गंधक र छपाक । पछि छपाकमा निर्णय भयो ।

२००५ मा एक व्यक्तिले लक्ष्मीमाथि एसिड आक्रमण गरेको थियो । जसले उनको पुरै अनुहार जलेको थियो । लक्ष्मीले १०सम्म मात्र पढ्न सकिन् । जलेको अनुहारको कारण उनलाई कतै काम मिल्दैन । लक्ष्मीले देशमा करिब ५०० एसिड आक्रमण पीडित रहेको बताइन् ।

उनले यस्ता पीडितलाई दया गरिने भए पनि पैसा मिल्ने बताइन । उनलाई सवोच्च अदालतले क्षतिपूर्तिका रुपमा ३ लाख रुपैयाँ दिएको थियो । जुन पैसा प्लास्टिक सर्जरी र प्रेग्नेन्सीमा खर्च भयो ।

लक्ष्मी स्टप एसिड अट्याक क्याम्पेनका संस्थापक आलोक दीक्षितका साथ लिभ इनमा रहेकी थिइन । उनीहरुको एक छोरीको जन्मपछि दुबै अलग भए । लक्ष्मीले एक एनजीओमा काम पनि गरिन् । तर, २०१७ पछि त्यो पनि छोड्नु पर्यो ।

उता आलोकले आफैसँग पैसा र कुनै जब नभएको बताए । उनले जति पनि पैसा थियो सबै एनजीओका तर्फबाट एसिड आक्रमण पीडितको सहयोगमा खर्च भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू