एउटा हृदयविदारक कथा : बुढेसकालमा टहराको बास छ यी वृद्धाको, भन्छिन, ‘आफ्नो छोरा छैन, अरुले औषधी ल्याईदिन्छु भनेर आश मात्रै देखाए (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : भक्तपुरको धुलिखेल बसपार्क नजिक एक टहरामा एक असहारा वृद्धको जोडी बस्ने गर्छन। उनीहरुको अवस्था निकै दयानीय छ। निगालोको मान्द्रो र प्वाल परेका जस्ताले बेरिएको जीर्ण अस्थायी टहरामा उनीहरु निकै कष्टकर जिन्दगी विताईरहेको छन्।

पम्फा वि.क ६० वर्षीया वृद्धा हुन्। उनी र उनका श्रीमान शारीरिकरुपमा अशक्त छन्। उनका खुट्टा राम्ररी चल्दैन भने उनका श्रीमानलाई पनि प्यारलाईसिस भएको छ। यी दुवै अशक्त आमाबुबा ओछ्यानबाट हलचल गर्ने समेत सक्दैनन्।

उनीहरुलाई देख्दा जो कोहिको मन थाम्न गाह्रो हुन्छ। उनले दुई छोरी र एक छोरा जन्माइन तर छोराको ४० वर्षको उमेर हुँदा हिर्दयघात कारण मृत्यु भयो। अहिले उनको बुहारीले हेरचाह गर्दै आईरहेकी छिन्। उनका बुहारी बिहानै आउँछिन् र टहराका ढोका उघार्ने गर्छिन। उनी र उनका श्रीमानलाई खाना खुवाउने देखि दिसाबपिसाब गराउने गर्दछिन। बुहारीले पनि अर्काको काम गरेर घरखर्च चलाउने गर्छिन। पम्फाको छोरी बेला बखतमा भेट्न आउनी गर्छिन।

पम्फा मुटुरोगी पनि छ। उनलाई उपाचारको खाचो छ। वृद्धा रुँदै भन्छिन, ‘धेरैले औषधी ल्याई दिन्छु भनेर आश मात्रै देखाए। मलाई औषधी मात्र खान पाए पनि म ठिक हुन्थे तातो पानी खान तताएर सक्थे। निकै दुख छ यस्तो कसैलाई नपरोस।’ उनले थपिन,’टहराबाट यसो हेर्छु कोहि आउदैन। कोहि छैन् आफ्नो मनको कुरा सुनिदिने।’ उक्त वृद्धाले अब हजुरहरुले सहयोग गर्नु पर्यो भन्दै सहयोगको याचना गरिन। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू