आफन्तको खोजीमा बर्मा देखि नेपाल आएकी सुमी कसरी बनिन् नायिका, मिडियामा पहिलो पटक खोलिन् रहस्य [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। बर्मा कि नायिका सुमी लिवाङ्ग लिम्बु म्युजिक भिडियोमा त देखिदै आएकी थिइन् नै साथै अहिले उनले ‘थातथलो’ नामक चलचित्रबाट डेब्यु गरेकी छिन्। बर्मा रहँदा उनले मोडलको रुपमा म्युजिक भिडियोमा काम गर्दै आएकी थिइन्। पुस्तौ पुस्ता देखि बर्मामा नै उनको स – परिवारको बसोबास छ।

सुमीलाई बर्मा मन नपर्ने होइन तर उनी नेपाल आफ्नो आफन्तको खोजि गर्दै आईन्। उनलाई आफ्नो पुर्खा कहाँ कसरि बस्थे भन्ने कुरा जान्न मनलाग्यो। त्यहिँक्रममा उनी नेपाल आइन् र आफ्नो पुर्खा पनि भेटिन्।

उनलाई आफ्नो पुर्खामार्फत सभ्यभब्य स्वागत गरियो। नेपालमा यसरी रमाइलो क्षन बिताउन पाउँदा उनलाई बर्मा फर्किन मन लागेन तर उनको घर नै उता भएकोले उनी फर्किनु पर्ने बाध्यता त छदै नै छ।

नेपालमा नै रहंदा उनलाई एक चलचित्रको अफर आयो। उनले नकार्न सकिनन्। अहिले त्यस चलचित्र फ्लोरमा जान तयार भइसकेको छ। कन्चन थलाङ्गको को-पार्टनर भएर उनले यस चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन्।

यस चलचित्रमा लिम्बु संस्कृति झल्किने उनीहरुले बताए। लिम्बु संस्कृति झल्किने यस चलचित्र सम्पूर्ण नेपालीले हेर्ने पर्ने चलचित्र निर्माण टिमको आग्रह छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू