भक्तपुर साङीतिक समाजको प्रथम साधारणसभा भब्य रूपमा सम्पन्न

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। भक्तपुर साङीतिक समाजको प्रथम साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार प्रतिसरा सायमीको प्रमुख आतिथ्य तथा वरिष्ठ रङकर्मी हरि बहादुर थापाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार प्राज्ञ धुर्ब अधिकर्मी,वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेल, वरिष्ठ सङीतकार रोशन राज भन्डारी लगायतको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष प्रबिण साहीले गर्नु भएको थियो भने कार्यक्रम को संचालन गायक तथा समाजका उपाध्यक्ष कपिल कसपालले गर्नु भएको थियो। समाजका सदस्य मङल लक्ष्मी सिन्ताकलले स्वागत दिनु भएको थियो।

कार्यक्रममा समाजको एक बर्षको प्रगति प्रतिबेदन समाजका सचीव अल्बर्ट बज्राचार्यले प्रस्तुत गर्नु भएको थियो भने बर्ष भरीको आर्थिक प्रतिबेदन कोषाध्यक्ष रोशन धौभडेलले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा लोकप्रीय गायक अजर जङम,सानु मैया धौभडेल ,वरिष्ठ सङीत्कार बद्री नारायण ताम्राकार लगायत थुप्रै गायक, गायिका , कबि, पत्रकार , समाजसेवि लगायतको बाक्लो उपस्थिति रहेको थियो।

प्रमुख अतिथि प्रतिसरा सायमी ज्युले समाजले अहिले सम्म गरेका कामबाट निकै प्रसन्न भएको र भक्तपुर साङीतिक समाजले अझै धेरै कार्यहरु मार्फत सम्पुर्ण कलाकारको टेवा पुर्याउने बिश्वास व्यक्त गर्दै भक्तपुरका कलाकारले रास्टृय पहिचान बनाउन सफल हुने बताउनु भयो। भक्तपुरको मलाई निकै माया लाग्छ वहाँ ले भन्नु भयो।

विशेष अतिथि रङकर्मी हरि बहादुर थापाले अब भक्तपुर साङीतिक समाजले नाटक बिधालाई पनि समेटेर लानु पर्ने र भबिस्य मा समग्रमा सम्पुर्ण कलाकारलाई समेट्दै भक्तपुरलाई अझै कलाकारिता लाई उचाई मा पुर्याउनु पर्ने बताउनु भयो। भक्तपुर साङीतिक समाज ले यहीं पौष २८ गते वरिष्ठ लोकप्रीय गायक दिपक खरेल साझ गर्न लागेको पनि कार्यक्रममा औपचारिक रूपमा जानकारी दिइएको थियो।

त्यसै अवसरमा दिपक खरेल साझ सम्बन्धि प्रोमो पनि रिलिज गरिएको थियो। कार्यक्रम मा प्राज्ञ धुर्ब मधिकर्मी ले भक्तपुर साङीतिक समाज को स्थापना को पृष्ठभुमि ,गतिविधि तथा योजना को बारेमा प्रष्ट पार्नु भएको थियो भने अर्का सल्लाहकार वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेल ले अब भक्तपुर का कलाकार पनि एकजुट भएर अघिबड्नु पर्ने र रास्टृय रूपमा योगदान दिन सक्नु पर्ने बताउनु भएको थियो।

दिपक खरेल साझ लाई भब्य रूपमा सम्पन्न गर्न साथ दिन सबैलाई भक्तपुर साङीतिक समाज ले आव्हान गरेको छ ।

प्रतिक्रिया