भिषा लगाएर पैसा कमाउन हिँडेको छोराको यो हालत, कृपया सक्नुहुन्छ भने सहयोग नसके शेयर गरिदिनु होला [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सिता दाहालले छोराछोरी सानै हुँदा श्रीमानको साथ गुमाइन। मेलापात गरेर बढो दुखका साथ एक छोरा र एक छोरी हुर्काइन्, पधाइन्, अनि बधाइन्। एक छोरीको आफ्नो हैसियतले भ्याएसम्म धुमधामले नै बिबाह गरिदीइन्।

छोरा छोरि हुर्के पछि उनको दिनहरु फिर्दै थिए। उनलाई सुख के हो भन्ने कुराको महसुस हुँदै थियो। छोरा पनि काम गर्ने गर्थे। नेपालमा काम गरे अनुसारको पारिश्रमिक नभएकोले सिताले छोरालाई विदेश जान स्वीकृति दिने पर्ने भयो।

वैदेशिक रोजगारीको लागि सीताको छोराको मलेसियामा भिसा लाग्यो। सोहि दिन साथीको भोजमा जाँदा उनको छोरालाई एक सवारी साधनले ठक्कर दियो। भिसा लागेर विदेश जान ठिक्क परेका उनी आजको दिन सम्म पनि अछ्यानमा नै छ।

उनको अब स्वास मात्र बाँकि रह्यो। उनी न बोल्न सक्छन् न त हिडडुल गर्न नै। एकोहोरो हेराइले सीताको मन असाध्धै पोल्छ। अब त छोराले कमाएर सुखले पाल्छ भनेर सीताले बुनेको सपना सपनामा नै सिमित रह्यो।

उनलाई थकार दिने सवारी साधनले पनि वास्ता गरेको छैन। प्रहरी प्रशाशनमा उजुरी दिदा पनि प्रहरीले उजुरी लिन नमानेको उल्टै मिल्न आग्रह गरेको सीताको भनाई रहेको छ। उनको उपचारको लागि बेला बखत सवारी साधनको मालिकले केहि रकम दिने गरेको उनले बताइन्।

उपचार गर्न उनलाई निकै अप्ठेरो परिरहेको छ। भएको जग्गाजमिन सबै बेचिसकिन। सवारी साधनको मालिकले दिएक रकम सीताको छोराको उपचारको लागि पर्याप्त छैन। काठमाडौँ जस्तो महँगो शहरमा बस्न नै नसक्ने भइसकेकी उनलाई छोराको उपचार कसरि गर्ने भन्ने कुराले सार्है पिरोल्छ।

अझै पनि उपचार भने चलि नै रहेको छ। आर्थिक अभावका कारण अहिले सिता र उनको छोरालाई नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसनले आश्रय दिईरहेको छ। विपन्न परिवार जसलाई काठमाडौँ जस्तो महँगो शहरमा बस्न खान नै एकदम गार्हो अवस्था छ उनीहरु कै सहयोगको लागि खोलिएको संस्था हो नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन।

बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ)द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरको आश्रयमा यस्ता थुप्रै घाइते छन् ।भूकम्पमा परी घाइते भएका देखि यो आश्रयस्थलमा सडक दुर्घटना, वैदेशिक रोजगारीका सिलसिलामा घाइते भएका, आगोमा जलेका र विभिन्न रोगका कारण अपांग भएका १३ जना गम्भीर घाइतेले आश्रय लिइरहेका छन्।

अब निको भएर पनि छोराले गर्न केहि नसके पनि आमा भनेर बोलाइदिए पनि हुन्थ्यो भन्ने आशामा छिन् सिता अझै पनि। उनलाई आअर्थिक सहयोग गर्न चाहनेले कृपया उनको सम्पर्क नं. ९८२१५७५११४ मा फोन गर्न सक्नुहुन्छ। सक्नेले आर्थिक सहयोग नत्र यो पोस्ट शेयर गरेर भए पनि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू