‘छाउप्रथा सामाजिक मान्यताका नाममा गाँजिएको कुरीति’ :प्रवक्ता अन्सारी

admin

दुल्लु, ५ पुस:राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले छाउप्रथा सामाजिक मान्यताका नाममा गाँजिएको कुरिति भएको बताउनुभएको छ । आयोगद्वारा आज दैलेखमा आयोजित छाउपडीप्रथा सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रममा प्रवक्ता अन्सारीले कुरीति हटाउन सामाजिक मनोविज्ञान बदल्नुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक दललाई महिला हिंसा रोकथामका लागि जुट्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानान्धरले महिनावारी वा सुत्केरी भएको बेला छाउगोठमा राख्न लगाउनेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था भएको र उजूरी गर्न आए कारवाही गरिने बताउनुभयो ।

लैङ्गीक समता विज्ञ भारती सिलवाल, राष्ट्रिय महिला आयोगका सह–सचिव युवराज सुवेदी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, नेपाल प्रहरी केन्द्रीय कार्यालयका मानवअधिकार अनुगमन शाखाका प्रहरी नायब उपरीक्षक दीपक पोखरेल, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मुख्य महिला विकास अधिकृत जमुना पौडेललगायतले महिला हिंसा रोकथामका निम्ति समन्वय र सहकार्य आवश्यक भएको बताए ।
-रासस

प्रतिक्रिया