लागुऔषधसहित दुई युवक पक्राउ

admin

वालिङ, ५ पुस : लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रकाश विष्टका अनुसार फेदीखोला गाउँपालिका–२ थानको चौर जङ्गलमा लागुऔषध प्रयोग गर्दै गरेको अवस्थामा पोखरा महानगरपालिका–१२ शितलदेवीका साजन गुरुङ र पोखरा महानगरपालिका–१३ पाटनवेशीका खगेन्द्रजङ्ग गुरुङलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नुफिन ६२ थान, फेनारगन ६३ थान, डाइजेपाम ६३ थान र प्रयोग भइसकेको सिरिञ्ज तीन थान बरामद गरिएको छ । फेदीखोला प्रहरी चौकीबाट गस्तीमा गएको टोलीले ग११प ४९४३ नंको मोटरसाइकल र दुई थान मोवाइलसमेत नियन्त्रणमा लिएको छ ।
-रासस

प्रतिक्रिया