पुनरुत्थानवादी शक्ति नेपालले ग¥यो युद्ध घोषणा

admin

कामठाडौं , पुस ६ : सर्वाेच्च अदालतले दिएको फैसला तथा आदेश कार्यान्यवयन नगर्ने, नेपालको सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई सधैँ अन्यायमा राख्ने, अदालतको आदेश नमान्ने, देशको सर्वाेच्च न्यायलयमा नै झुट विवरण तथा प्रमाण पेश गरी कैयाँै शिक्षकलाई रोजगार विहीन बनाउने शिक्षक सेवा आयोग, आफ्नै शिक्षक कर्मचारी वर्ग विरुद्ध सहमति सम्झौता गरी अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्नमा बाधा विरोध गर्ने विद्यालयका शिक्षक कर्मचारीका वर्ग दुस्मनका रुपमा रहेका नेक बर्षाको च्याउसरी उम्रेका संघ, संगठन तथा युनियन, सामुदायिक विद्यालय, विश्वविद्यालयका जग्गा, मसानघाट, गौचरण समेतका सार्वजनिक जग्गा ठगी बिक्री गर्ने र भाडामा लगाउने दलालहरु र तिनका मतियार तथा बाढी पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप पीडितलाई क्षतिपुर्ति पाउनबाट बञ्चित गर्ने दलाल र तिनका मतियारलाई सत्रु किटान गरी पुनरुत्थानवादी शक्ति नेपालले आफ्नै कार्यालयमा पत्रकार भेलाको आयोजना गरी युद्ध घोषणा गरेको छ ।

निम्न वर्गका नागरिक, पीडित व्यक्तिहरुलाई सदा तल्लो तहमा नै राखी त्यसैमाथि राजनीति गर्न आदत परेको यो सरकार र यसका प्रमुख अँग तथा निकाय उपर युद्ध गर्नको लागि पुनरुत्थानवादी शक्ति नेपालले यो कार्यक्रमको आयोजना गरिएको पुनरुत्थानवादी शक्ति नेपालको प्रमुख नेता तारा बरालले जानकारी दिनुभयो । पुनरुत्थानवादी शक्ति नेपालले पाइसकेको न्याय समेत हरण गर्ने वर्तमान विवेकहीन गणतान्त्रिक सरकार तथा यसका प्रमुख अँगहरुलाई सत्रु किटान गरी युद्ध घोषणा गरेको कुरा पत्रकार सम्मेलनमा प्रेश विज्ञप्ती जारी सार्वजनिक गरेको छ ।

काठमाडौँकै अस्थायी शिक्षक शरदकुमार मिश्रले उद्घोषण तथा सञ्चालन गर्नुभएको उक्च युद्ध घोषणा कार्यक्रममा पुनरुत्थानवादी शक्ति नेपालको प्रमुख नेता तारा बराल, नेता शेखरजंग रायमाझी अस्थायी शिक्षक सूर्यप्रसाद तिवारी र अधिवक्ता कोषराज काफ्लले मन्तव्य राख्नुभएको थियो । पत्रकार भेलामा स्थायी÷अस्थायी शिक्षक, विद्यालय कर्मचारी पुनरुत्थानवादी शक्ति नेपालको नेताहरु तथा पत्रकारहरुको उपस्थिती थियो ।

पुनरुत्थानवादी शक्ति नेपालले आयोजना गरेको युद्ध घोषणा कार्यक्रमलाई सम्बोधन गरेका नेता शेखरजँग रायमाझीले नेपालमा २५० बर्षको इतिहास बोकेको राजतन्त्रात्मक शासन व्व्यवस्था आन्दोलनको बलमा राजतन्त्रात्मक शासन व्यवस्था आन्दोलनको बलमा ढालेको भन्ने दम्भको भ्रम पालेको नेपालको वर्तमान गणतन्त्रात्मक सरकारको न्याय र विवेक शून्यमा झरेको लामो समय करिब १२ बर्ष भईसकेको छ जसले गर्दा पीडित व्यक्तिहरुले देशको सर्वाेच्च न्यायालयमा कानुनी लडाईँ लडेर प्राप्त गरेको न्याय पनि प्राप्त गर्न नसकेको तथा विवेकहिन यो गणतान्त्रिक सरकारले बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुलाई समेत अदालतबाट जितिसकेको मुद्दाको कार्यान्वयन गरी न्याय दिन नसकेको कारण त्यस्तो सरकार तथा प्रमुख अँगहरुलाई सत्रु किटान गरी युद्ध घोषणा गर्नुपरेको कुरा स्पष्ट पार्नुभयो । उहाँले अहिलेको गणतान्त्रिक शक्तिले पीडितलाई न्याय दिन आनाकानी गरेको छ ढिला न्याय दिनु भनेको न्याय नदिए सरह (Justice Delayed is Justice Denied) हो भन्ने कुरा भुलेको छ । यसले गर्दा अन्यायमा परेकालाई अन्यायमा नै राख्ने माथि उल्लेखित सत्रुलाई बल प्रयोग गरेरै विध्वंश पारी पीडितलाई न्याय प्रदान गरेरै छोड्ने जिकीर गर्नुभयो ।

विवेक र न्याय र शक्तियुक्त राजतन्त्रको पुनोर्दय पहिलो लक्ष्य बनाएको पुनरुत्थानवादी शक्ति नेपालले आयोजना गरेको पत्रकार भेलामा मन्तव्य राख्नुभएका अधिवक्ता कोषराज काफ्लेले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक सम्पत्ति भनेर कानुनमा प्रष्ट व्यवस्था गर्दागर्दै पनि त्यस्तो जग्गा तथा राजा र राणाहरुले विद्यालयमा सुन्दर बाल बगँैचा निर्माण गर्ने लगाएतको प्रयोजनका लागि दान दिएको जग्गासमेत कानुन विपरित बिक्री गर्ने भाडामा लगाउने र सो बापतको रकम मनोमानी बाँडीचुँडी खान पल्केको यो गणतान्त्रिक सरकारको विवेक साँच्चिकै शून्यमा झरेकोले नै आज सर्वाेच्च न्यायालयबाट कानुनी लडाइँ जितेता पनि पीडितले वास्तविक न्याय पाउनमा अनुचित ढिलाई गरेको बताउनुभयो ।

सम्मानित सर्वाेच्च अदालतमा एक खालको जवाफ लगाउने र त्यसैको अर्काे भाग फैसला कार्यान्वयन निर्देशनालयलाई अर्काे खालको प्रमाण पेश गरेको र यथार्थता लुकाएका कारण धेरै शिक्षकहरु पीडित बन्न पुगेकोले त्यस्तो करतुत गर्ने शिक्षक सेवा आयोगका पदाधिकारीमाथि माथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बसिसकेको कुरा समेत जानकारी दिनुभयो । यसका साथै सामुदायिक विद्यालय, विश्वविद्यालयका जग्गा, मसानघाट, गौचरण समेतका सार्वजनिक जग्गा ठगी बिक्री गर्ने र भाडामा लगाउनेलाई कानुनी कठघरामा ल्याउने जानकारी दिनुभयो ।

प्रतिक्रिया