नेपाल आइडलकी ‘र्‍याप गर्ल’ करिश्माको पहिलो गीत ‘इको नि लाग्यो…’ सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नेपाल आइडल-२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो…’ अहिले बजारमा आएको हो ।

यस गीतलाई नेपाल आइडलको हिजोको ३७ औँ एपिसोडमा एक्सक्लुसिभली देखाइएको थियो भने हाल नेपाल आइडलको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ । उनको यस गीतमा उनी आफैले अभिनय तथा नृत्य गरेकी छिन् भने भिडियोमा छुट्टै अवतारमा प्रस्तुत भएकी छिन् ।

नेपाल आइडल हाल ३७ औँ एपिसोडमा आएको छ भने आज ४ बजेबाट यस रियालिटि शोको ग्राण्ड फिनाले हुन गइरहेको छ काठमाडौँको पुल्चोक इन्जिनियरिङ कलेजको ग्राउण्डमा । यस सिजनका टप ४ फाइनलिष्ट हुन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक । आज साझसम्ममा नेपालीले दोस्रो नेपाल आइडल पाउनेछन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया