आफ्नै हजुरबुबाद्वारा ११ बर्षदेखि १८ बर्ष निरन्तर बलात्कृत भएकी यी युवती, जसले लेखिन यस्तो दर्दनाक कहानी

रिता घिसिंग

एजेन्सी : अमेरिकाकी एक युवतीले किताब लेखेर आफ्ना हजुरबुवाको कर्तुत बयान गरेकी छिन् । त्यतिबेला उनि ११ बर्षकी थिइन्। उनका हजुरबुवाले त्यतिबेला देखि नै उनीसँग घृणित काम गर्न सुरु गरेका थिए । यो सिलसिला करिब साढे ७ वर्षसम चल्यो । हजुरबुवाले आफूले मात्र नातिनीसँग घृणित काम गरेनन् उनले त पैसा लिएर आफ्नै उमेरका अन्य व्यक्तिसामु पनि नातिनीलाई पेश गरे । यस क्रममा ती हजुरबुवाले करिब २ सय पटक नातिनीलाई बेचेका थिए । नातिनीले कसैलाई यो कुरा नबताउन् भन्नको लागि उनलाई तर्साएर राखेका थिए । अहिले ती युवतीले आफ्नो दर्दनाक विगत ‘ग्रयाण्ड ड्याड्स गर्ल’ नामको किताबमा बताएकी छिन् ।

अमेरिकाको लिंकन शहरकी एमा लुइस नामकी युवतीले किताबमा लेखेअनुसार उनी ११ वर्षकी हुँदा उनका हजुरबुवालाई हर्ट एट्याक भएको थियो । सबैलाई लागेको थियो कि उनी मरे तर एमाका पिता र एक अन्य आफन्तले मिलेर उनको ज्यान बचाए । यो घटनालाई याद गर्दै एमाले लेखेकि छिन् ‘यस्तो नभइदिएको भए… ।’ एमाका अनुसार हजुरबुवाको ज्यान बचेपछि उनी खुसी थिइन् किनकि उनको नजरमा हजुरबुवा निकै असल मान्छे थिए । त्यसपछि एमाले आफ्ना पिता माइकल र आमा शीनासँग आफू हजुरबुवासँगै बसेर उनको सेवा गर्न चाहेको बताइन् ।

हजुरबुवा कार्ल बार्करको घर र एमाको घर केही मिटरको दूरीमा थियो । त्यसपछि एमा सोमबारदेखि शुक्रबारसम्म आफ्ना हजुरबुवाकहाँ बस्थिन् र बाँकी दिन उनी मातापितासँग बस्थिन् । हजुरबुवासँग बस्दा सुरुमा सबै ठिक थियो । हजुरबुवा एमासँग बसेर टिभी हेर्थे र ठट्टा गर्थे । तर केही दिनपछि उनको व्यवहार बदलिन थाल्यो । एमाका अनुसार उक दिन हजुरबुवा नशामा घर आए । उनले एमाको लागि केही खानेकुरा ल्याएका थिए । खानेकुरा दिने क्रममा उनले एमालाई समाते र उनको गालामा किस गर्न थाले ।

अचानक भएको यो घटनाबाट एमा झस्किइन् । सुरुमा एमालाई लाग्यो कि हजुरबुवा नशामा भएकोले झुक्किएर यस्तो गरेका हुन् । तर, उनी गलत थिइन् । भोलिपल्ट एमा सुतिरहेका बेला हजुबरवा आए र उनको सुरुवाल चलाउन थाले । एमा यो कुरा मातापितालाई बताउन चाहन्थिन् तर हजुरबुवाले उनलाई भने ‘तिमीले पितालाई यो बतायौ भने उसले मलाई मारिदिन्छ । तिमी मलाई मरेको हेर्न सक्दैनौ ।’ त्यसपछि एमा उनको इमोशनल ब्ल्याकमेलमा फसिन् र उनको कुरा मान्दै गइन् ।

एमाले लेखेकी छिन् ‘त्यसपछि उनको हर्कत एक्कासी बढ्यो । एक पटक उनले मलाई मुखमैथुन गर्न भने । मैले नमानेपछि उनले मलाई बलात्कार गरे । मैले एकोहोरो छततिर हेरिरहेकी थिएँ । मलाई विश्वास लागिरहेको थिएन कि यो सब मसँग भइरहेको छ । मलाई लागेको थियो पीडाका कारण म मर्छु ।’ तीन हप्तापछि हजुरबुवाले एमालाई अर्का एक व्यक्तिकहाँ लिएर गए । जहाँ ती नयाँ व्यक्तिले एमासँग यौनप्यास मेटाए । त्यसपछि एमाले बुझिन् कि भविष्यमा उनीसँग के हुनेछ । त्यसपछि कार्लले एमालाई पैसाको लागि अरुलाई बेच्न सुरु गरे ।

एमाका अनुसार उनको हरेक कामको रेड निश्चित थियो । हस्थमैथुनको लागि १० पाउण्ड, मुख मैथुनको लागि २० पाउण्ड र पूरै यौन सम्बन्धको लागि ५० पाउण्ड रेट निश्चित गरिएको थियो । केही दिनपछि कार्लले एमालाई उनको स्कुलमै लिन गए र उनलाई लिएर शहरबाहिर गए । जहाँ करिब ५० वर्षका व्यत्तिःसँग मिलेर उनलाई बलात्कार गरे । यो घटनापछि एमालाई निकै पीडा भइरहेको थियो । त्यसपछि उनकी आमाले उनलाई लिएर डाक्टरकहाँ गइन् ।

डाक्टरले पिसाबको संक्रमण भन्दै एन्टिबायोटिक दिए । यति सब भइसकेपछि पनि कार्लको हर्कत कम भएन । यसपछि त कार्ल सधैं उनलाई स्कुलमै लिन जान्थे र पैसाको बदलामा अलग अलग व्यक्तिलाई बेच्थे । एमाका अनुसार त्यसपछि साढे ७ वर्षसम्म उनलाई फरकफरक २ सयभन्दा बढी बुढाहरुले बलात्कार गरे । २०१३ मा एमा ८ वर्षकी भएपछि उनले आफ्ना मातापितालाई कार्लको कर्तुतबारे बताइन् ।

कार्ललाई सजाय दिलाउनको लागि एमाले एक योजना बनाएर प्रमाण जम्मा गरिन् । उनले कार्ललाई एक म्यासेज लेखिन् जसमा पहिलो पटक यौन सम्बन्धदेखि लिएर पैसाको लागि अरुसँग सेक्स गरेकोसम्म सबै कुरा लेखिएको थियो । जवाफमा कार्ललले यस्तो म्यासेज लेखे जसले प्रमाणको रुपमा काम गर्यो । म्यासेजको जवाफ आएपछि एमाले पुलिसमा उजुरी दर्ता गराइन् । त्यसपछि पुलिसले ६९ वर्षीय कार्ललाई पक्राउ गर्यो । २ वर्षसम्मको सुनुवाइपछि उनलाई २२ वर्ष जेल सजायको फैसला भयो ।

प्रतिक्रिया