पिएनपिखबर : होचो कद, सानो शरीर, देख्दै अपत्यारिलो लाग्नेदिदिबहिनी हुन् रिना श्रेष्ठ र मनिषा श्रेष्ठ। २० वर्षिया रिना श्रेष्ठ दीदी हुन् भने १८ वर्षिया मनिषा श्रेष्ठ बहिनी हुन्। सिन्दूपालचोक घर भएका यी दिदि बहिनी हालै पाटन बस्दै आएका छन्।

उनीहरुलाई राम्रो शिक्षा आर्जन गरी भविष्यमा राम्रो व्यक्ति बनाउने उद्देश्यले रामकुमार श्रेष्टले ल्याएका हुन्। राम कुमार यी दिदिबहिनीको नजिकका नातेदार पनि हुन्। उनले भने, ‘उनीहरुको घरको अबस्था नाजुक छ। सानो कद छ पढाईले नै उनीहरुलाई माथि पुराउछ भन्ने सोचले मैले ल्याएको हु।’
शरीर सानो भएता पनि यी दिदिबहिनी निकै फुर्तिला छन्। उनीहरु पाटन कलेजमा कक्षा १२मा अध्धयनरत छन्। हसिलो र मिलनसार स्वभाव भएका उनीहरुलाई कलेजमा शिक्षक् देखि साथीहरुले समेत माया गर्ने गरेको बाताउछन्। पढाईमा अब्बल रहेका यी दिदिबहिनीले कलाकारिता क्षेत्रमा लाग्ने आफ्नो ठुलो सपना रहेको बताए।
उनीहरुलाई पढ्नको लागि कापी कलमको व्यवस्था एक संस्थाले गरिदिएको छ। उनीहरु कलाकारितामा लाग्न चाहन्छन तर आर्थिक अभावका कारण कलाकारिताको ढोका ढकढककाउन सकेका छैनन्।
हेर्नुहोस भिडियो :