एजेन्सी : ६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिन फेरी एकपटक चर्चाको शिखरमा छन्। विहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका हुन्।

अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्था बारे वार्ता गरिरहँदा एक पत्रकारले आफ्नो मनको निकै नजिकको कुनै एउटा रहस्य उजागर गर्न राष्ट्रपति पुटिनलाई चुनौती दिए।
उक्त पत्रकारको प्रश्न पछि पुटिनले मुस्कुराउँदै भने ‘एक इज्जतदार व्यक्ति भएको नाताले मैले कुनै न कुनै बेला बिहे गर्नैपर्छ ।’ तर, पुटिनले उनी कोसँग विवाह गर्दैछु भनेर खुलाएनन्।

रुसी तथा अन्तर्राष्ट्रिय मिडियाको दावी अनुसार पुटिनको रुसकी पूर्व जिम्न्यास्टिक खेलाडी एलिना कबाएबासँग सम्बन्ध रहेको छ । एलिना जिम्न्यास्टिक ओलम्पिक स्वर्ण पदक विजेता हुन् । पुटिनले भने यो कुरा आफै स्वीकार गरेका छैनन् ।


तर, एलिना विभिन्न ठाउँमा औपचारिक जिम्मेवारीबिना पनि पुटिनसँगै देखिन्छिन् । २०१६ मा अन्तर्राष्ट्रिय मिडिया रोयटर्सले एक रिपोर्टमा पुटिनका नजिकका एक व्यापारीले एलिनाको नाममा कैयौं भौतिक सम्पत्ति नामसारी गरिदिएको दावी गरेका थिए। को हुन् त एलिना ? हेर्नुहोस् उनका तस्बिरहरु…




