दुइ नाबालिकालाई कारमा छोडेर आमा पार्टीमा गएपछि

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाको एक अदालतले एक महिलाको गम्भीर लापरवाहीको दोषी ठहर गर्दै ४० बर्षको सजाय सुनाएको छ। महिलाले आफ्नो स-सानो बालिकाहरुलाई कारमा बन्द गरि साथीहरुसंग पार्टी गर्न गएकी थिइन् । घन्टौसम्म कारमा बन्द रहेका कारण निस्ससिएर दुइ बालिकाको मृत्यु भएको छ।

यो घटना सन् २०१७ जुन ७ मा घटेको हो। १९ बर्षिय अमांडा हॉकिन्स आफ्नो १ बर्षिय छोरी ब्रायन र २ बर्षिय एडिसनलाई साथ लिएर घुम्न हिडे र छोरीहरुलाई कारमै छोडेर उ चाही साथीहरुसंग पार्टी गर्न गईन। पार्टीमा नशा लिएका कारण रातभर दुइ बालिका त्यहि कारमै रहिन। दुवै बालिका १० घण्टासम्म कारमै बन्द थिए। कारको तापक्रम बढ्दै ३२ डिग्री भएको थियो। त्यसपछि निस्ससिएर दुइ बालिकाको मृत्यु भयो।

महिलालाई छोरीहरुको याद भोलि पल्ट दिउसो आयो। त्यतिबेला निकै ढिलो भैसकेको थियो। उनीहरुको कारमै मृत्यु भैसकेको थियो। उनले बचाउन भनि हस्पिटल पनि लागे डाक्टरहरुले ४० घण्टासम्म प्रयास पनि गरे तर प्रयास असफल भयो।

प्रतिक्रिया