चोरीको सामानसहित पक्राउ

admin

काठमाडौँ, ६ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीको सामानसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको टोलीले पानीपोखरीमा जाँचका क्रममा चोरीका सामानसहित काभ्रेका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद रु ६६ हजार ५७५, ल्यापटप तीन थान, विभिन्न कम्पनीको मोबाइल नौ थान, ढलोटको मूर्ति एक थान, औँठी र तिलहरी एक÷एक थान, चाँदीको पाउजु दुई थानलगायत विभिन्न गरगहना, घर फोर्न प्रयोग गरिने विभिन्न औजारलगायत बरामद गरेको छ । उनीहरुले चोरी गरेका सामान काठमाडौँ महानगरपालिका–१७ ढल्कोस्थित तण्डुकार टोलमा रहेको लक्ष्मी नारायण तण्डुकारको घरमा डेरा लिई लुकाएर राख्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको थियो ।
-रासस

प्रतिक्रिया