सुजाता थापाको वास्तविक जीवनमा आधारित गीत ‘उठ बाबु तिमी’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ७ पुष : सुजाता थापाको वास्तविक जीवनमा आधारित गीत ‘उठ बाबु तिमी’ सार्वजनिक भएको छ। मेलिना राईको आवाजमा सजिएको उक्त गीतको भिडियोमा नायिका केकी अधिकारीलाई सुजाता थापाको भुमिकामा देख्न सकिन्छ भने उहाँको जेठा र कान्छा छोरालाई देख्न सकिने छ।

‘उठ बाबु तिमी’ बोलको गीतको शब्द सुजाता थापाले आफ्नै वास्तविक जीवनको आधारमा लेख्नु भएको हो । उहाँका जेठा छोरा शारीरिकरुपमा अशक्त छन भने कान्छा छोरा गर्भ मै हुँदै श्रीमानले छोडेर गएको पिडालाई गीतबाट व्यक्त गरेकी छन । श्रीमानले छोडेर गएपछि सानासाना बाबुहरुलाई एक्लो महिलाले हुर्काउँन कति संघर्ष गर्नुपर्छ त्यो संघर्ष उहाँले गर्नुपर्यो ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया