चर्चित ट्राफिक प्रहरी भन्छन्,”पहिला डिउटी त्यसपछि श्रीमती,२९ वर्ष सम्म कुनै लुगा नै थिएन” [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ७ पुष : चर्चित ट्राफिक प्रहरी सिताराम हातेछु अहिले रिटायर्ड जीवन बिताउदै छन। आफ्नो जागिरे जीवनको २९ बर्षमा परिवारलाई दिन नसकेको समय अहिले दिन पाउँदा परिवारमा नयाँ खुशी छाएको बताउछन । आफुले कहिलै पदको आसा गरेर काम नगर्दाको परिणाम नै आफू सफल हुनुको कारण भएको समेत बताउदै पदको लोभ भन्दा पनि डिउटी र कर्तव्यको जिम्मेवारी बोध चाहिँ ठूलो कुरा भएको र आफुले पूरा गरेको कर्तव्य अनुरुपनै सरकार, प्रहरी सङ्गगठन एवम विभिन्न निकायबाट, १२९ वटा भन्दा बढी सम्मान र पुरस्कारहरुले आफ्नो योगदानलाई उच्च कदर भएकोले आफुलाई माथिल्लो ओहदामा बढुवा भएन भन्ने बिस्मात कहिल्यै नभएको उल्लेख गरे।

चर्चित बनेका सितारामले धेरै काम अझै बाँकी रहेको बताएका छन । मापासे चेकिङ मेसिन, वान वे रुट, चस्मा क्यामेरा, आधुनिक भौतिक संरचना जस्ता आम सुधारकाकार्यक्रम भित्राएका हाछेथुले अझै पनि सडकमा ट्राफिक ल्याम्प ब्यवस्थित गर्न नसक्दा ट्राफिकले हातको इसाराले कठिन तरिकाले काम गर्नु परिरहेको प्रती चिन्ता ब्यक्त गरेका छन। आफ्नो जागिरे जीवन भर कुनै पनि दिन सिभिल ड्रेस नलगाएका सितारामका ५४ जोडि प्रहरी बर्दी साथमा रहेको प्रसङ्ग उल्लेख गर्दै आफुलाइ प्रहरी बर्दिले सधै देश जनता र आफ्नो कर्तव्य प्रती प्रेरित गरेको बताछन ।
बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू