शरीरका सबै अंग जता पनि आकर्षक शैलीले लैजान सक्ने यी बालकको यस्तो अचम्मको प्रतिभा [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : काठमाडौँमा एकजना अचम्मको प्रतिभा भएका बालक भेटिएका छन् । उनी आजभोली आकर्षणका केन्द्र विन्दु बनिरहेका छन् । उनको नाम हो सिदार्थ बुढाथोकी। उनी कलाका धनी छन जसलाई बालकलाकार भन्दा केहि फरक नपर्ला।

१३ वर्षीय वर्षीय बुढाथोकीको प्रतिभा देख्दा जो कोहि नै छक्क पर्छन । उनी दिन दिनै स्टार झैं चम्किदै गएका छन् । उनले आफ्ना हात खुट्टा र आफ्नो जिउ जता पनि बङ्गाउन सक्छन। हातले पछाडी राख्न, दुवै हात पछाडी लगेर नमस्ते गर्न देखि हातले भुई टेकेर खुटा माथितिर फर्काउन सक्छन। जुन जो कोहिको लागि गर्न असम्भब छ। उनले हात खुट्टाका औलाहरु पनि सजिलै फर्काउन सक्छन उनको यस्तो क्रियाकालाप देख्दा शरीर मै हड्डी नभएको जस्तो लाग्छ। विगत १ वर्ष देखि उनी झनै यसकै अभ्यासमा लागेका छन्।

उनी पढ्नमा पनि निकै अगाडी छन्। उनका साथी, गुरुहरुले उनको कलाको निकै प्रसंशा गर्ने गरेको बताए। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू