बिग बोसका प्रतिभागी तथा अभिनेता अरमान कोहली पक्राउ ! ४१ बोतल मदिरा बरामद !

मनिषा थापा

एजेन्सी : ‘बिग बोस सीजन ७’ मा भाग लिएका अरमान कोहलीलाई प्रहरीले पक्राउ गरेको छ । मुम्बईको जुहूस्थित अरमानको घरबाट प्रहरीले उनलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अरमानको घरमा प्रहरीले छापा हान्दा ४१ बोतल मदिरा फेला पारेको थियो । ती सबै मदिरा विदेशबाट खरिद गरिएको जनाइएको छ । यदि अरामान दोषी पाइए पनिमाथि बाम्बे लिकर कानुनअनुसार कारबाही हुने बताइएको छ । साथै उनीमाथि तीन महिनाको जेल र आर्थिक कारबाही पनि हुनसक्ने जनाइएको छ ।

कानुनअनुसार कसैलाई पनि एक महिनामा १२ बोतलभन्दा धेरै मदिरा घरमा राख्न पाइँदैन । यस्तै विदेशबाट २ बोतलभन्दा धेरै मदिरा ल्याउनु पनि गैरकानुनी हो । बान्द्रा एक्साइज डिपार्टमेन्टमा अरमानसँग सोधपुछ गरिएको छ । र सो बरामद मदिराको मुल्य पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।

अरमान बिग बोस ७ देखि चर्चित भएका थिए । त्यहाँ उनको नाम काजोलकी बहिनी तनिषा मुखर्जीसँग जोडिएको थियो । अरमान रिसका कारण पनि बदनाम छन् । यसै वर्ष जूनमा अरमानलाई लामो समयदेदि लिभ इन पार्टनर नीरु रंधावालाई कुटपट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर, नीरुले मुद्दा फिर्ता लिएकी थिइन् ।

अरामनलाई उनका बाबु राजकुमार कोहलीले ९९२ मा फिल्म विरोधीबाट लञ्च गरेका थिए । यसपछि उनी २००२ मा जानी दुश्मनमा देखिएका थिए । उनको अन्तिम फिल्म सलमान खानको प्रेम रतन धन पायो हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू