सबै हलमा तामाङ चलचित्र प्रदर्शन हुन नसक्नुको कारण बारे नायिका उर्मिला वाइवाको यस्तो खुलासा [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ७ पुष : उर्मिला वाइवा छोटो समयमै दर्शकहरु माझ चर्चित बन्न सफल मोडल तथा नायिका हुन् । उनीद्वारा अभिनित तामाङ कथानाक चलचित्र ‘सेर्कु’ आम दर्शकहरुको रोजाइको चलचित्र बन्न सफल भयो भने उर्मिला पनि पहिलो चलचित्र बाटै एकाएक दर्शकहरुको मनमा बस्न सफल भईन। हुन त मिस तामाङमा सहभागीता जनाउँदा देखि नै उर्मिला दर्शकहरुको नजरमा पर सफल भइसकेकी थिइन् भने ‘सेर्कु’को चर्चा हुन थाले पछि थप चिनिन थालिन। उनीद्वारा अभिनित ‘सेर्कु’को हालै मात्र कतारमा च्यारिटी शो गरिएको छ।

उनले ‘सेर्कु’मा अभिनय गरे लगतै म्युजिक भिडियोमा समेत आफ्नो कला देखैसकेकी छिन भने “लेकाली गाउँकी” बोलको अर्को गीतको म्युजिक भिडियो समेत सार्वजनिक हुने तयारीमा छ।

उनै मोडल तथा नायिका उर्मिला वाइवासँग डाँडापरी टेलिभिजनले गरेको कुराकानी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू