थ्री स्टार र च्यासल बराबरीे

admin

काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको लिगको दशौँ चरणअन्तर्गत भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

आजको बराबरीसँगै थ्री स्टारको १० खेलबाट २३ अङ्क भएको छ । तेस्रो स्थानको थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछाडि परेको छ । अहिलेसम्मका १० खेलमा च्यासल १४ अङ्क जोड्दै छैटाँै स्थानमा रहेको छ ।
-रासस

प्रतिक्रिया