योमरी पुन्हीको महत्व र धार्मिक पक्षमा धर्मदेशना

admin

काठमाडौँ, ७ पुस : नेवार समुदायको ठूलो चाड योमरी पुन्हीका अवसरमा काठमाडौँको श्रीखण्डमूल महाविहारमा योमरी पुन्हीको महत्व तथा धार्मिक पक्षमा धर्मदेशना गरियो ।

हरेक वर्ष थिंलाथ्व पूर्णिमाका दिन मनाइने योमरी पुन्हीका अवसरमा सो महाविहारमा बज्रयान विधिअनुसार बौद्ध स्तोत्र पाठ गर्नुका साथै नेपाल बज्रयान महासङ्घका अध्यक्ष बौद्ध विद्वान राजेन्द्रमान बज्राचार्यबाट धर्मदेशनाका साथै नेवार समुदायमा योमरीको महत्व, योमरी पुन्हिका धार्मिक विधि तथा महत्वबारे प्रकाश पार्नुभएको थियो ।

थिंल्लागा पारुदेखि बढ्दै जाने जाडोबाट हुने रोग व्याधिबाट बच्न पनि योमरीको विशिष्ट महत्व रहेको उहाँले बताउनुभयो । योमरी धानको भकारीमा पनि पुज्ने परम्परा छ । पाञ्चाल देश (हालको पनौती) मा सूचन्द्र महाजन नाम गरेका एक धर्मात्माले पहिलो पटक योमरी बनाएपछि यसको प्रचलन देशव्यापी बढ्दै गएको जनविश्वास छ ।
-रासस

प्रतिक्रिया