सरकारले जनताको विश्वास गुम्न दिनुहुँदैन : पूर्वउपराष्ट्रपति

admin

काठमाडौँ, ७ पुस: पूर्वउपराष्ट्रपति परमानन्द झाले अहिलेको सरकारले जनताको विश्वास गुम्न दिन नदिने बताउनुभएको छ । नागरिक एकता समाजको आज भएको ११औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले वर्तमान सरकारले जनताको भलाइका लागि काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले केपी ओली नेतृत्वको सरकार बलियो भएको उल्लेख गर्दै अझै जनताको विश्वास नगुमेको बताउनुभयो । कार्यक्रममा उहाँले विभिन्न प्रतिभालाई सम्मान गर्न सके उनीहरुको प्रतिभा बाहिर आउन सघाउ पुग्नेमा जोड दिनुभयो ।

सो अवसरका पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले अन्य क्षेत्रमा भन्दा आर्थिक समृद्धिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभयो । “नेपालका थुप्रै सक्षम जनशक्तिलाई स्वदेशभित्र ल्याएर रोजगारीका अवसर दिन सके देश समृद्धितर्फ जान सक्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा विभिन्न विधाका २६ जना व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सञ्चारतर्फ रेडियो नेपालका यशोदा अधिकारी, शिक्षातर्फ आस्था विद्या मन्दिर काठमाडौँका प्रधानाध्यापक शेरबहादुर पौडेल, आर्थिक विकास सेवातर्फ ज्योति विकास बैंकका मनोज ज्ञवाली, ब्रिटिस गोर्खा सेभिङ एण्ड क्रेडिटका जनम लामा लगायत छन् ।
-रासस

प्रतिक्रिया