आगलागीमा १० लाखको क्षति

admin

लहान, ७ पुस : सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय कुलेश्वर यादवको गाईगोठमा बालेको आगो सल्किएर आगलागी हुँदा उहाँका तीन वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको अन्न, लत्ताकपडालगायत जलेर नष्ट हँुदा सो परिमाणको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीमा दुई वटा भैँसी र एउटा गोरु जलेर मरेका छन् ।
-रासस

प्रतिक्रिया