पत्रकारको एउटा प्रश्नले एकाएक भावुक भए भिम बहादुर

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर, ८ पुष : अहिले सामाजिक सञ्जालमा सानो कद भएका केहिँ व्यक्तिहरु भाइरल हुने एक प्रकारको लहर नै लागेको छ । त्यसै मध्येका एक हुन् भिम बहादुर विक। होचो कद, हँसिलो र निर्दोष अनुहारका भिम बहादुरको चुलबुले स्वभाव हेर्दा लाग्छ उनि सानै उमेरका छन, तर, उनि आँफु ५० वर्ष पुगेको बताउदै विश्वास नलागे यहाँ हेर्नुस भन्दै आफ्नो घाँटीमा झुन्डाएको परिचय पत्र हेर्न पत्रकारलाई अनुरोध गर्छन ।

गैँडाकोटमा जन्मी हुर्किएका भिम बहादुर आफ्नो घर देखि करिब दुई घण्टा टाढा नारायणघाट नजिकको धार्मिकस्थल देबघाटमा मागेर आफ्नो दैनिक बिताउछन भने उनका आमा बुवा गाउँमै खेती किसानी गर्छन । उनका अनुसार उनको बुवाको उमेर ८० र आमा बुवा भन्दा दुइ वर्ष मात्र कान्छी रहेको बताउछन। शारीरिक असक्तताका कारण दुइ-दुइ ओटा पुल तरेर विद्यालय जान नसकेकै कारण आफुले एक कक्षा पनि नपढेको उनी अलिकति पनि दु:ख नमानी बताउछन्। यति भन्दा आफुले पढ्न नपाएकोमा दु:ख लाग्नुको सट्टा उनको अनुहारमा निर्दोष भाव झल्कन्थ्यो, त्यसैले त उनि उमेरले ५० पुगे पनि बच्चा जस्तै मायालु र प्यारा देखीन्छ।

करिब २२ वर्ष देखि मागेर बस्दा पनि उनलाई कसैले नचिनेको तर, अहिले मिडियाकर्मीहरुको नजर उनिमाथि परे पछी केहि सहज भए पनि खासै उपलब्धि भने नभएको बताउने उनलाई पिएनपिखबरका पत्रकारले तपाइलाई आफ्नो लागि अरुले के गर्दीए हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नमा उनि भन्छन, “मलाई सबै कुरा ठिक छ।” उनको यस्तो खालको उत्तर सुन्दा लाग्छ उनमा लोभ लालच केहि छैन ।

दिनभरि घाम पानी केहि नभनी मागेर जम्मा गरेको रमक बेलुका घर फर्किएर आमालाई दिने बताउछन। पत्रकारसँगको भलाकुसरीमा हाँसीमजाक गरेका उनि तपाइलाई पछी कसले पाल्छ ? भन्ने प्रश्नमा चाहिँ अलि भावुक भए र एकछिन पछी भने “जोले पाल्ला पाल्ला।”

पिएनपीखबरका पत्रकारले भिम बहादुरसँग गरेको कुराकानी बाँकी हेर्नुहोस भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू