लियोनार्दो डिकार्पियोले दिए १०० मिलियन डलर दान

रिता घिसिंग

एजेन्सी : अवार्ड विनिङ हलिउड स्टार लियोनार्दो डिकार्पियो लामो समयदेखि जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका छन्। उनले आफ्नो फाउण्डेसनमार्फत सय मिलियन डलर दान गरेका छन्।

उनी इसेप्शन, टाइटानिक लगायतका थुप्रै चर्चित हलिउड चलचित्रमा काम गरिरहेका छन्। ओस्कार अवार्ड जितिसकेका लियोनार्डो डिकार्पियोले आफ्नो फाउण्डेशनमार्फत करिब सय मिलियन डलर दान दिएका हुन्।

उनले दिएको यो दान जलवायु परिवर्तनसँगै आएको चुनौतीको सामना गर्न खर्च गरिने जनाइएको छ। उनले लामो समयदेखि जलवायु परिवर्तनलाई लिएर जागरुकता फैलाइरहेका छन्।

उनको लियोनार्दो डिकार्पियो फाउण्डेशन एलडीएफ स्थापना भइकेको पनि २० वर्ष पूरानो भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू