यी महिलाले ट्रेनको शौचालयमा शिशुलाई जन्म दिई फ्लश गरिदिएपछि, १२ घण्टासम्म शिशु फसिराहे पाइपमा

रिता घिसिंग

पिएनपिखबर : फ्लहावड़ा-अमृतसरमा शुक्रबार एक महिलाले एक शिशुलाई जन्म दिएपछि हत्या गर्ने हिसाबले ट्रेनको शौचालयमा सलले घाँटीमा बेरेर फ्लश गरिदिएका छन् । शिशु पुरै महिना पुगेर जन्मिएको थियो। शिशु स्वस्थ रहेका कारण फ़्लश गर्दा पनि ट्रेनबाट तल झरेन र फ्लश पाइपमा करिब १२ घण्टासम्म फसिरहे। त्यसपछि शनिबार सफाई गर्ने कर्मचारीहरुले शिशुलाई निकालेर अस्पताल पुर्याई दिएका छन्। प्रहरीलाई यस घटनाबारे खबर पनि गरेका छन्।

प्रहरीले अहिलेसम्म आमा पत्ता लगाउन सकेको छैन। नवजात शिशुको जिन्दगि बचाउने यी सफाईकर्मीलाई मानिसहरुले हिरोसमेत भन्न थालेका छन्।बच्चालाई बचाउनेहरु भन्छन ‘यदि कोइ पाल्ने मानिस नपाए हामी यसलाई आफ्नै बच्चा जसरि पालनपोषण गर्छौ। ‘

प्रतिक्रिया