शाहरुख खानको फिल्म ‘जीरो’को असली हिरो हुन् आशिष

रिता घिसिंग

पिएनपिखबर : हालै प्रदर्शन भैरहेको बलिउड स्टार शाहरुख खानको चलचित्र ‘जीरो’ मा युपीको आशिष सिंह भन्दा शाहरुखको शरीर डबल अग्लो रहेको छ। फिल्मबाट आशिषले प्राप्त पारिश्रमिकबाट आफ्नो घर बनाउने भएका छन्।

आशीष भन्छन ‘मेरो बचपनको सपना साकार भएको छ। म गाउमा रामलीला गर्ने गर्थे। त्यहिबेला नै मैले तय गरिसकेको थिए कि म एक्टिंग फील्डमा आउछु। म पढाईको लागि दिल्लीमा आएको थिए। मैले नुक्कड़मा धेरै नाटक पनि गरे। त्यसै शिलशिलामा मुम्बई पुगे त्यहि पहिलो पटक आनंद एल रायसंग एयरपोर्टमा भेट भयो। एक कास्टिंग कोऑर्डिनेटरको सहयोगमा उनले मलाई सम्पर्क गर्यो। फाइनली उनले मलाई जीरोमा समाबेश गरे।

शाहरुख खान आशिषको काम देखि यति धेरै खुसि भएका छन् कि उनले अर्को फिल्ममा लिने बाचा पनि गरेका छन्।

आशिषका पिता दिल्लीमा सिक्युरिटी गार्ड हो। मैनपुरी जिल्लाको जासमाई गाउमा उनीहरुको जमिन पनि रहेको छ। आफ्नो खर्च चलाउनको लागि आशिष नुक्कड़मा नाटक देखाउन जान्थ्यो। अब छोराको भविष्य के होला भनि परिवारका सदस्यहरु चिन्तित हुन्थ्यो। फिल्मबाट प्राप्त भएको पैसा अहिले आशिषले घर पठाउने गर्छन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू