किन पति निकलाई लिएर सलमानको घर पुगिन् प्रियंका ?

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित भएका छन् । सलमान पार्टीमा उपस्थित भएसँगै उनीहरुको दुस्मनी सकिएको अनुमान गरिएको छ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् ।

यसपछि सलमान प्रियंकासँग रिसाएका थिए । सलमान खान पार्टीमा उपस्थित भएपछि नायिका चोपडा पनि निकै खुसी भएको भारतिय मिडियाले जनाएका छन् । यसैले, उनले पार्टी सकिए लगतै सलमान खानको घरमा पुगेर सलमानको परिवारसँग आर्शिबाद लिएको बताइएको छ । आफ्ना श्रीमान् निक जोनसलाई लिएर प्रियंका सलमानको ग्यालेक्सी अपार्टमेन्ट पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू